उपाध्यक्ष संघाईको नेतृत्वमा बन्यो महासंघको रोजगारदाता परिषद, को को छन् सदस्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 05:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ । परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रवलजंग पाण्डे चयन भएका छन् । 

परिषद्का सदस्यहरूमा एशोसिएट समूहबाट कृष्णलाल महर्जन, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यहरू ई. विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल चुनिएका छन् । 

वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरूमा अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगंज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ छन् । 

प्रदेश समूहबाट परिषदको सदस्यहरूमा प्रदेश १ बाट सदस्य राजेन्द्र राउत, वागमती प्रदेशबाट दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल चयन भएका छन् ।

अन्य क्षेत्र र वर्गबाट परिषद्को सदस्यमा विनय उपाध्याय, शाजन शाक्य, शोभा ज्ञवाली, वावुकाजी कार्की चयन भएका छन् । परिषद्को आमन्त्रित सदस्यहरूमा क्रमशः नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघका ई. आङ दोर्जी लामा (ए.डी.), एनसेल नेपालका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved