उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच कर्जा सम्बन्धी भयो यस्तो समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 05:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) लाई कर्जा प्रवाह गर्ने सम्बन्धि सम्भौता भएको छ । लघु घरेलु उद्यमको प्रवद्र्धन र संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले महासंघ र बैकर्स संघबीच सम्झौता भएको हो । 

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले हस्ताक्षर गरेका छन् । 

वाणिज्य बैंकहरू र एसमएमईजहरूबीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाईलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न समझदारीले सहयोग पुग्ने विश्वास लिईएको छ । समझदारीमा उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने उल्लेख छ । 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा सावित हुने बताए । 

‘आजबाट हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव संवोधन गर्नेछ’ अध्यक्ष गोल्छाले ‘एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको समेत उपस्थिति रहेको कार्यक्रममा बैकर्स संघका अध्यक्ष दाहालले महासंघ र बैंकर्स संघ दुबै संसथा समृद्धिका असल साझेदार भएको बताए । 

‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं’ उनले भने, ‘हामी बीचको सहकार्य निरन्तर अगाडी बढ्नेछ, हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ ।’

मुलुकका ७४९ स्थानीय तहमा बैकिङ पहु“च विस्तार भैसकेको जानकारी गराउंदै महासंघको यो सहकार्य पछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उनको विश्वास छ । 

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत वसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए । 

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभाव नै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यस्ता समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved