रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 04:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलमीले नेपालीहरुको महान् चाड विजया दशमीको अवसर पारेर दशैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भई आकर्षक पुरस्कारहरू जित्ने सकिने कम्पनीले जनाएको छ । 

कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैँ मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्ने हुन्छ । र साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक  प्राप्त गर्ने  फोटोलाई भाग्यशाली विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्तिक २ गतेबाट सुरू भएको यस दशैँ कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिनेछ । 

यस दशैँमा रियलमी फोटो कन्टेस्टमा सहभागी भई आकर्षक उपहार जित्ने यो अवसरलाई नगुमाउन कम्पनीले अनुरोध समेत गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved