साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । आईतवारको तुलनामा सुन प्रति तोल ४ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ मूल्य बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँद िप्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ९ सय २५ रुपैयाँ, तेजावी सुन ५० हजार ६ सय ७० रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।