सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 11:27:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । 

आज चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved