सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 11:40:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा ८ सयले नै बढेर ८८ हजार ५५० रुपैयाँ प्रतितोला कायम भएको छ । आज चाँदीको पनि भाउ पनि तोलामा एकैपटक २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved