सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 10:48:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले नै घटेर ८५ हजार ५५० रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७३ हजार ७३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७३ हजार ३४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved