३ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2021 | 10:42:15 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । आईतबार तोलाको ९२ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले नै बढेर ९२ हजार ३ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६१ रुपैयाँ  ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved