सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 11:13:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले बढेर ९१ हजार रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved