आज पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 11:28:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९१ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय पुगेको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि ९१ हजार ३ सय रुपैयाँ प्रतितोलाबाट बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदीको भाउ १३ सय २० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ६ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved