१ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 11:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९२ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय पुगेको हो । त्यस्तै तेजाबी सुनको भाउ पनि ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदीको भाउ १३ सय ५ रुपैयाँ प्रतितोलामा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved