सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 11:34:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर तोलाको ९० हजार ६ सयमा झरेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९० हजार १ सयमा आईपुगेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा आईपुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved