सुनको भाउमा अत्याधिक गिरावट, एकैपटक १४ सयले घट्यो भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 12:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउमा भारी गिरावट आएको छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ आज तोलामा १३ सय ५० रुपैयाँले नै घटेर ८८ हजार ६५० रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय ७० सय रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved