सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2021 | 10:44:08 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९२ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ६ सयले नै बढेर ९२ हजार २ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved