सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 11:01:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा एकैपटक २५ रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय १ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved