सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । आइतबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर तोलाको ९६ हजार २ रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved