सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 10:32:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ पुगेको हो । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved