बढ्यो सुनको मूल्य, चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 11:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९८ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला  १ हजार २ सय ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved