सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 10:59:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ७ रुपैयाँमा झरेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved