तीजकै दिन सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 10:46:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार (तीजको दिन) सुनको भाउ बढेको छ । हिजो सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ८ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved