तोलामा ९ सयले सस्तियो सुन, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 11:01:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved