तोलामा १ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 11:15:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो बिहिबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ४७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved