सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 10:59:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय १५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ५६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved