सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 10:46:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ स्थिर छ । शुक्रबा तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा स्थिर छ । 

आज चाँदीको भाउ तोलाको १ हजार १ सय ५० रुपैयाँमै किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved