आज तोलामा ७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 11:03:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार १ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved