भदौमा ४ हजार ७ सयले घट्यो सुनको भाउ, चाँदी ४० रुपैयाँले सस्तियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 04:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ महिनामा सुनको भाउ प्रतितोला ४ हजार बढीले घटेको छ । भदौ १ गते बुधबारदेखि भदौ ३१ गते शुक्रबारसम्म सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले घटेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार भदौ १ गते छापावाल सुनको भाउ प्रतितोला ९६ हजार २ सय रुपैयाँ थियो । तर, महिनाको अन्तिम दिन आज भदौ ३१ छापावाल सुनको भाउ तोलाको मूल्य ९१ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । 

यो अवधिमा सुनको भाउ घट्ने र बढ्ने भइरहे पनि भदौ महिनाको उच्चतम् मूल्य प्रतितोला ९६ हजार २ सय र न्युनतम् ९१ हजार ५ सय रुपैयाँ हो । 

अमेरिकन फेडरल बैंकले ब्याजदर बढाउँदा यसको असर सुनको मूल्यमा परेको हो ।

आज तेजाबी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ छ ।

चाँदीको भाउ यो महिना तोलाको ४० रुपैयाँले सस्तिएको छ । भदौ १ गते १२ तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ महिनाको अन्तिम दिन आज शुक्रबार तोलाको ११ सय ७० रुपैयाँमा आइपुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved