तोलामा १ हजारले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2022 | 11:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । यसअघि लक्ष्मी पूजाको दिन कार्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved