तोलामा २ सयले सस्तियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 10:47:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ८ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved