तोलामा ६ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 10:59:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलाको ९८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved