तोलामा ६ सयले सस्तियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 10:46:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार १ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved