तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 11:28:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको मुल्य घटेको छ। शुक्रबार प्रति तोला १ लाख ६ हजार १ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ हजारले घटेर प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ८ सय २० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved