सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2023 | 11:07:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ९ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved