सुनको भाउले बनायो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 11:08:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ। आज तोलामा ३ सयले बढेपछि छापावाल सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

आजको वृद्धिपछि छापावाल  सुन प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस अघिको उच्च मूल्य जेठ १९ गते कायम भएको थियो । सो दिन छापावाल सुन प्रति तोला १ लाख १३ हजार ३ सय थियो । 

बुधबार प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ३ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ८२ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved