तोला मै ८ सयले बढ्यो सुनको भाउ, उच्च मूल्यको रेकर्ड नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आजको वृद्धि संगै छापावाल सुनको मूल्य उच्च बिन्दुको नजिक पुगेको छ । गत साता मात्रै सुनको मूल्य  १ लाख १३ हजार ६ सय पुगेर उच्च मूल्यको रेकर्ड कायम गरेको थियो  । 

आज तेजावी सुन पनि तोलामा ८ सयले बढेर प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ८ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ७७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved