घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 10:51:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १३ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ६  सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

 आज तेजावी सुन पनि तोलामा ६  सयले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ८ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved