सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 10:43:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज पनि असोही मूल्यमा कारोबार भईरहेको छ । 

आज तेजावी सुनपनि स्थिर रहदै प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ६ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार १ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved