सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 10:42:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको स्थिर छ । मंगलबार प्रतितोला   १ लाख ८ हजार ९ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा १ सय रुपैयाँले घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य स्थिर रहँदै  प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved