'७ महिनाभित्र डेढ लाख नजिक पुग्न सक्छ सुनको मूल्य'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2023 | 03:07:08 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय सुनको भाउ लगातार बढी रहेको छ ।  लगातार बढेको सुनको मूल्यले शनिवार नयाँ रेकर्ड बनाएको छ। शनिवार छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भयो । जुन अहिलेसम्मकै महँगो हो । 

पछिल्लो ११ दिनमा मात्र सुनको भाउ ७ हजार ५ सय रुपैयाँले महँगीएको छ । यसअघि असोज ३० गते एक लाख ९ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुनको भाउ कार्तिक ११ गतेसम्म आइपुग्दा ७ हजार ५ सय रुपैयाँले महँगीएर एक लाख १७ रुपैयाँ पुगेको छ। 

यसरी लगातार सुनको भाउ बढ्नुको पछाडी विभिन्न कारणहरु रहेको जानकारहरु बताउछन् ।  पहिलो कारण भने अन्तराष्ट्रिय स्तरमा भएका द्वन्दहरु रहेको अर्थतन्त्रका जानकारहरुको भनाई छ ।

पछिल्लो समय चर्किएको ईजरेल र हमासबीचको द्वन्दले पनि सुनको भाउमा असर गरेको अर्थतन्त्रका जानकार नीरव पुडासैनी बताउछन् । उनका अनुसार यूक्रेन र रसियाको यूद्ध पनि जारी रहेको र यता ईजरेल र हमासबीच पनि यूद्ध चर्किएकाले सुनको भाउ ह्वात्तै बढेको हो । 

उनका अनुसार सुनको भाउ बढनुमा यी कारणहरुका अलवा अन्य कारणहरुपनि छन् । डलरका भाउ बढ्नु र ग्लोबल रुपमा अर्थतन्त्रका सूचकहरु नकरात्मक रहनु पनि सुनको भाउ महँगीनुका कारणहरु भएको पुडासैनीको भनाई छ । 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य डलरमा तोकिएको हुन्छ । डलरको भाउ बढ्दा, नेपालमा सुन आयात गर्न थप रकम तिर्नु पर्ने भएकोले स्वत सुनको भाउ महँगीने पुडासैनीले बताए । 

यूक्रेन-रसिया तथा हमास-ईजरेलबीचको द्वन्द कायम रहने र ग्लोबल ईकोनोमिक ईण्डिकेटरहरु यथास्थितिमा रहने हो भने सुनको भाउ अन्तराष्ट्रिय बजारमा नै प्रति आउन्स २४०० डलर पुग्ने सक्ने उनी बताउछन्। पुडासैनीका अनुसार अहिलेकै स्थिति कायम रहने हो भने अबको ७ देखि ८ महिना भित्र सुनको भाउ प्रतितोला एक लाख ४५ हजार भन्दा बढी पुग्न सक्छ । अन्तराष्ट्रिय बजारमा २४ सय डलर प्रति आउन्स पुग्दा त्यसमा भन्सार जोडदा प्रतितोला एक लाख ४५ हजार ८०० रुपैयाँ हुन जान्छ । अर्थात, अबको ७।८ महिना अर्थात २०२४ को जुन महिना  तिर सुनको भाउ १ लाख ४५ प्रतितोला पुग्न सक्ने पुडासैनीको आँकलन छ। 

विभिन्न देशबीच भएको द्वन्दको अन्त्य र ग्लोबल ईकोनोमिमा सुधार आएमा सुनको भाउ बढ्ने क्रम रोकिने उनी बताउछन् । तर, डलरको उतारचढाव अनुसार नेपाली बजारमा घटबढ भइरहने उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved