आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 10:54:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ १० रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ५ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४ रुपैयाँ ५० पैसा तोकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved