घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 11:05:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन र चाँदीको भाउ घटेको छ । मंगलबार सोमबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सयले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले घटेर आज एक लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८७ रुपैयाँ ५० पैसा तोकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved