'अहिले घटेपनि अर्को वर्ष तोला कै १ लाख ७७ हजारसम्म पुग्न सक्छ सुनको मूल्य'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 02:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो दिनहरुमा सुनको भाउमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो एक सातामा मात्र दुई हजार रुपैयाँ प्रतितोलाका दरले सुनको भाउ घटेको छ । 

लागातार घटेको सुनको मूल्य बिहीबारसम्म एक लाख १३ हजार ७ सय प्रतितोलामा झरेको छ । त्यसैगरी चाँदीको भाउ पनि लगातार घटेर प्रतितोला १३ साय ८० रुपैयाँमा ओर्लिएको छ । 

यसरी निरन्तर सुनको भाउ ओरालो लाग्नुलाई व्यवसायीहरुले सामान्य तरिकाले लिएका छन् । पछिल्लो समय सुनको मूल्यमा गिरावट आउनु सामान्य उताढचढाप रहेको व्यवसायीहरुले बताएका छन् । यो ओरालो यात्रा सामान्य र केहि दिनका लागि मात्र भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिक रत्न शाक्यले बताए । उनले भने 'बढने घट्ने त सामान्य प्रक्रिया हो । त्यहि प्रक्रिया अन्तर्गत घटेको हो ।’

तर, मुलभुत रुपमा अहिलेको अवस्थामा सुनको मूल्य बढ्ने नै रहेको अध्यक्ष शाक्यको भनाई छ । आगामि दिनमा सुनको भाउ निरन्तर बढेर २०२४ भित्रै प्रति आउन्स ३ हजार डलर पुग्न सक्ने उनले उल्लेख गरे । अन्तराष्ट्रिय विश्लेषकहरुले २०२४ भित्रै प्रति आउन्स ३ हजार डलरम्म सुनको भाउ पुग्ने अनुमान गरेको शाक्यले बताए । 

शाक्यका अनुसार अन्तराष्ट्रिय जगतमा भएका युद्धहरु, ब्रिक्स देशहरुले आफ्नै छुट्टै रिजनल करेन्सी बनाउने विषय र अन्तराष्ट्रिय जगतमा देखापरेका अर्थतन्तका समस्याका कुराले सुनको मूल्य त्यो बिन्दुसम्म पुग्न सक्छ। प्रति आउन्स ३ हजार डलर पुग्दा नेपाली रुपैयाँमा हिसाब गर्दा बिहीबारको विनिमय दर अनुसार ३ लाख ९९ हजार प्रति आउन्स हुन जान्छ । त्यसमा भन्सार जोड्दा ४ लाख ३२ हजार रुपैयाँको हाराहारीमा प्रति आउन्स पर्न जान्छ । तोलामा हिसाब गर्दा एक लाख ७७ हजार ७ सय रुपैयाँ भन्द बढी पर्न जान्छ ।

त्यसो भएको खण्डमा नेपालमा सुनको खपतमा भारी गिरावट आउने र व्यापार व्यवसायमा नै समस्या हुने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved