तोला मै हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 11:56:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । हिजो विहीबार प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाले बढेर प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार ८६५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ तोकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved