लक्ष्मी पूजाको दिन पनि घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 12:41:01 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी पूजाको दिन आज सुन-चाँदीको भाउ घटेको छ गतसाताको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाले घटेर प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९७ हजार ४८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९७ हजार १० र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved