आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 10:40:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला  एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ४१० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved