शुक्रबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 10:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार ७१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार २४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved