सुनको मूल्य हालसम्म कै महँगो, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 10:47:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार पनि सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला  एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेको छ । यो हाल सम्म कै उच्च बिन्दु हो ।  

यसदिन छापावाला सुन प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved