सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 11:02:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला  एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।  

यसदिन तेजावी सुन तोलामा १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved