घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 10:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीकोे भाउ बढेको छ । बिहीबार प्रतितोला  एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । यसदिन छापावाला सुन प्रतितोला एक लाख १९ हजारमा कारोबार भइरहेको छ ।  

आज तेजावी सुन तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने बढेको छ । आज प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved