किन निरन्तर बढिरहेको छ सुनको मूल्य, कतिसम्म पुग्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 01:36:51 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ । विशेषगरी मङ्सिर लागेदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । मङ्सिर महिनाको १७ दिनमा नै सुन ७ हजार १ सय रुपैयाँले महँगीएको छ ।

कार्तिक मसान्तसम्म छापावाला सुन प्रतितोला एक लाख १३ हजार ७ सय रुपैयाँ थियो । आज मङ्सिर  १७ गते यो मूल्य बढेर एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको छ । 

मङ्सिर लागेदेखि नै सुनको भाउ बढिरहेको छ । मङ्सिर एक गते एकै दिन प्रतिताला २३ सय रुपैयाँले बढेको थियो । त्यसैगरी आज आइतबार प्रतितोला १८ सय रुपैयाँले बढेको छ । यस अघि बुधबार एकैदिन १६ सय रुपैयाँले सुन महगिंएको थियो । 

यस अघि नै जानकारहरुले सुनको भाउमा भारी बढोत्तरी हुने विश्लेषण गर्दै आएका थिए । कमोडिटीका जानकार निरव पुडासैनीले अहिले कै अवस्था रहेमा २०२४ जुन महिनाको मध्यसम्ममा सुनको भाउ एक लाख ५० हजार रुपैयाँ प्रतितोला पुग्ने विश्लेषण गर्दै आएका छन् । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिक रत्न शाक्यले सुन प्रतितोला एक लाख ७७ हजार रुपैयाँसम्म पुग्ने दावी समेत गरेका थिए । उनले विभिन्न कारण औँल्याउदै सो विन्दुसम्म सुनको मूल्य पुग्ने बताउँदै आएका छन् । 

त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले पनि  गर्दै सुनको भाउ प्रतितोला एक लाख ५५ हजारको हाराहारीमा पुग्ने बताए । बिजपाटीसँग कुरा गर्दै उनले विश्वको अर्थतन्त्रमा देखिएको मन्दीका कारण सुनको भाउ बढेको उल्लेख गर्दै यो बढोत्तरी अझै जारी रहने बताए । रसाईलीका अनुसार विश्व बजारमा रियल स्टेर र शेयर बजारको ब्यवसाय अहिले खस्किएको कारणले सुनको भाउ बढी रहेको हो। मन्दीका कारण रियल स्टेर र शेयर बजारमा असर गरेको उनको तर्क छ । 

यसैगरी, अन्तराष्ट्रिय स्तरमा भएको यू्द्धहरु र डलरको भाउ वृद्धिले पनि सुनको भाउ बढ्नमा सहयोग गरेको उनको भनाई छ । यता महासंघका अध्यक्ष शाक्यले भने ब्रिक्स देशहरुले आफ्नै छुट्टै रिजनल करेन्सी बनाउने विषयले पनि सुनको भाउ निरन्तर बढदै जाने कुरा पहिला नै उल्लेख गर्दै आएका थिए । 

  कमोडिटी बजारका जानकार नीरव पुडासैनी अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने संकेत गरेकाले सुनको भाउमा बढोत्तरी आएको बताएका छन् । उनले सो बैंकले ब्याजदर सम्बन्धी निर्णय नगरेसम्म बढीरहने बताए । 

यता, वरिष्ठ उपाध्यक्ष रसाईलीले अन्तराष्ट्रि जगतमा रियल स्टेर र शेयर बजार बढ्न सुरु नभएसम्म सुनको मूल्य बढी रहने उल्लेख गरे । यस्तै उनले सुनको भाउ बढे अनुसार माग पनि बढि रहेको बताए । सामान्यता सुनको भाउ महगिंदा माग घटने गर्थ्यो। विवाहको सिजन भएकाले पनि माग बढिरहेको उनको भनाई छ । मङ्सिर लागेदेखि नै सुनको माग उच्च रहेको उनले जानकारी दिए । 

कार्तिक महिनामा सुनको माग अन्यन्तै न्युन रहेको थियो । सो एक महिनमा जम्मा १०० केजी मात्र सुन विक्री भएको थियो । तर, मङ्सिर लागे देखिनै माग एकदम उच्च हुन थालेको अध्यक्ष शाक्यले समेत बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved