आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 10:44:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य स्थिर रहेको छ। यस दिन चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ६८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ तोकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved